+
+

चार वटा गैंडा मारेको अभियोगमा राजमान थापा कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १४ गते १०:२५
सां‌केतिक फोटो

१४ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा पक्राउ परेका राजमान थापा मगर कारागार चलान भएका छन् ।

नवलपुर गैंडाकोट नगरपालिका–३ का ३० वर्षीय मगरलाई आइतबार पुर्पक्षका लागि जेल चलान गरिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए ।

मगर चालु आर्थिक वर्ष २०७७/७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैंडा मुद्दाका फरार प्रतिवादी हुन् । पक्राउ पर्ने भएपछि गत शुक्रबार मगरले आफैं अदालतमा उपस्थित हुने भन्दै स्थानीय संरक्षणकर्मीहरु समक्ष आत्मसर्मपण गरेका थिए ।

मगरको नाममा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा नवलपुर जिल्ला अदालतमा दुई तथा चितवन जिल्ला अदालतमा एउटा मुद्दा दायर गरिएको छ ।

थापासहित यस वर्ष गैंडा मुद्दामा २७ जनालाई पक्राउ गरी कानूनी कारबाही गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?