+
+

धनुषामा निषेधाज्ञा थप खुकुलो, सार्वजनिक सवारी साधन पनि चल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १४ गते १७:३५

१४ असार, जनकपुरधाम । धनुषामा अझै खुकुलो बनाएर थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ । थप गरिएको निषेधाज्ञाको अवधिमा सार्वजनिक सवारी साधन समेत चल्न पाउने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

धनुषाबाट अन्य जिल्लामा जाने र लामो दूरीका सार्वजनिक सवारी साधनबाहेक जिल्लाभरि सार्वजनिक सवारी साधन चलाउन पाइने उनले बताए ।

अब धनुषामा सरकारी तथा अर्धसरकारी निकाय, स्थानीय तह, बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन हुने भएका छन् । भीडभाड हुन नदिई स्वास्थ्य मापदण्डको पालना गरी नियमित सेवा सुचारु गर्न दिने निर्णय भएको प्रजिअ बास्तोलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?