+
+

सडक खन्‍ने क्रममा स्काभेटर पुरिदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १५ गते १२:४९

१५ असार, सुर्खेत । सडक खन्नेक्रममा माटोले पुरिदा हुम्लामा स्काभेटर चालकको मृत्यु भएको छ ।

अदानचुली गाउँपालिका-५, सेरामा सडक खन्नेक्रममा माटोको ढिस्कोमा पुरिएर स्काभेटर चालक बर्दियाका २६ वर्षीय सन्तोष थारूको मृत्यु भएको हो ।

माटोमा पुरिएका उनको समयमै उद्दार हुन नसक्दा मृत्यु भएको हुम्ला प्रहरी प्रमुख डीएसपी हेरम्ब शर्माले बताए ।

‘समयमै उद्दार हुन नसक्दा चालकको मृत्यु भएको हुनु सक्ने हाम्रो अनुमान छ, सुख्खा पहिरो आकारकै माटो खसेको रहेछ,’ डीएसपी शर्माले भने । थप माटो खस्न सक्ने डरले समयमै उद्दारमा ढिलाई भएको उनले बताए ।

साथमै रहेका सहचालक भने हाम फालेर बाँचेका छन् । सोमबार बेलुका पुरिए पनि राति नै स्थानीय र प्रहरी मिलेर चालकको शव निकालिएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?