+
+

सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै संक्रमितको निःशुल्क उपचार

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १५ गते १४:३८

१५ असार, काठमाडौं । कोभिड–१९संक्रमितको निःशुल्क उपचार अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोरोना संक्रमितको निःशुल्क उपचार हुने बताएका हुन् ।

कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका मेडिकल कलेजहरुमा असार १४ गतेसम्म भर्ना भई उपचाररत संक्रमितको सोही मितिले १० दिनसम्मको मात्रै सोधभर्ना उपलब्ध गराउने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई संक्रमितको उपचारमा सरकारले तोकभन्दा बढी शुल्क नलिन आग्रह समेत गरेको छ । सरकारले यसअघि विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग सेवा सम्झौता गरी संक्रमितको निःशुल्क उपचारको व्यवस्था मिलाएको थियो ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?