+
+

कोरोनाविरुद्धको खोप माग्दै नयाँ बानेश्वरका व्यवसायी आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १५ गते १३:४५

१५ असार,काठमाडौं । कोरोनाविरुद्धको खोप माग्दै नयाँ बानेश्वरका खुद्रा व्यवसायीहरु आन्दोलित भएका छन् । खोप नलगाई व्यापार गर्नसक्ने अवस्था आएको भन्दै नयाँ बानेश्वर व्यापार व्यवसायी संघले खोप माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

सोमबार बसेको संघको केन्द्रीय कार्यसमितिको बैठकले खोपको माग गर्दै सरकारको ध्यानकर्षण गराउने तथा आन्दोलनका कार्यक्रमअघि बढाउने निर्णय गरेको संघका अध्यक्ष रामशरण गिरीले बताए ।

‘सोमबार बसेको बैठकले खोप माग्दै शुक्रबारसम्म प्रचार, पम्पप्लेट टाँसेर सरकारको ध्यानाकर्षण गराउने र शनिवार बानेश्वरमा प्रर्दशनसहितको बिरोध कार्यक्रम गर्ने निर्णय गरेको छ,’ अध्यक्ष गिरीले भने ।

लामो समयदेखिको निषेधाज्ञाका कारण बन्द अवस्थामा रहेको व्यवसाय खोपको उपलब्धता नहुँदासम्म सहज हुने अवस्था नदेखिएको पनि गिरीको भनाइ छ । व्यवसाय सञ्चालन गर्न खोप अनिवार्य भएकाले सोको उपलब्धताको सुनिश्चित गर्नैपर्ने संघको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?