+
+

गोरखाको धार्चे गाउँपालिकाको कार्यालय धादिङबाट सञ्चालन

विकास मरहट्टा विकास मरहट्टा
२०७८ असार १५ गते १४:५४

१५ असार, गोरखा । गोरखाको धार्चे गाउँपालिकाको कार्यालय धादिङको आरुघाटबाट सञ्चालन गरिएको छ ।

गाउँपालिकाको कार्यालय रहेको माछाखोलामा बिद्युत र इन्टरनेट सेवा अवरुद्ध भएपछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ आरुघाटमा अस्थायी कार्यालय स्थापना गरेर सेवा प्रवाह गरिएको गाउँपालिकाकी उपप्रमुख फुलमाया गुरुङले बताइन् ।

‘हाम्रो गाउँपालिकाको कार्यालयमा जेठ महिनाबाटै बिद्युत र इन्टरनेट सेवा राम्रोसँग चलेको थिएन, झन् असार लागेपछि त चल्नै छाड्यो,’ उनले भनिन्, ‘क्लोजिङको समयमा सेवा नै प्रभावित भएपछि सोमवारबाट धादिङको आरुघाटमा कार्यालय सारेर सेवा दिएका हौ ।’

हाललाइ आरुघाटमा रहेको वेम्वो कटेजको चार वटा कोठा भाडामा लिएर सेवा सञ्चालन गरिएको उनले बताइन् । उक्त कोठामा योजना, लेखा र प्राविधिक शाखा सारिएको छ । ‘कार्यायलको सेवा संचालनका लागी गोरखा तर्फकै होटलहरु भाडामा मागेका थियौ तर, दिएनन् । त्यसैले धादिङमा राखेका हौ,’ उनले भनिन् ।

अहिले योजना फछ्र्यौट र रकम भुक्तानीको काम धमाधम भइरहेको उनले बताइन् । ‘रकम भुक्तानीको सबै कारोबार अनलाइनबाटै हुने हो, बिद्युत र इन्टरनेट नभएपछि काम भएन, त्यसैले गाउँपालिकाको तीन वटा शाखा अन्यत्र सारेर भएपनि सेवा दिएका हौ,’ उनले भनिन् ।

कार्यालयको अन्य सेवा भने माछाखोलाबाटै सञ्चालन भएको जानकारी गराउदै उनले थपिन्, ‘लापु भिरमा गएको पहिरोका कारण बाटो अवरुद्ध छ, माछाखोला आउजाउ गर्न पनि सहज छैन ।’

आरुघाटबाट माछाखोलासम्म केन्द्रीय प्रशारणको लाइन विस्तारका लागि प्रयोग भएका पोलहरु ढलेपछि सेवा अवरुद्ध बनेको छ । बिद्युत र इन्टरनेट सेवा सहज भएपछि पुनः माछाखोलाबाटै सेवा प्रवाह गर्ने गाउँपालिकाले जनाएको छ ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?