
१५ असार, वीरगञ्ज । वीरगञ्ज-८ पानीटंकीमा शंकास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ ।
नवलपरासी घर भई वीरगञ्ज बस्दै आएकी ३२ वर्षीया हिममाया अस्लामीको शव उनकै कोठामा भेनिएको प्रहरीले जनाएको छ ।
मृतक महिलाको पति लागू औषध मुद्दामा दोषी ठहर भई कारागारमा छन् । वीरगञ्जमा हिममाया एक्लै बस्दै आएकी थिइन् ।
पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार महिलाको मृत्यु शंकास्पद देखिएको छ ।
‘शरीरमा चोकपटक तथा निलडाम छैन, मृतकको नाकबाट फिज आएको छ ।
ऐनाको सीसा र मोबाइल फुटेको देखिएको छ, कोठामा बियरका बोतलहरु पनि छन्’ उनले भने, ‘घटना संकास्पद छ, अनुसन्धानका लागि कोठामा आइरहने युवकलाई नियन्त्रणमा लिएका छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4