+
+

एमाले एकता अन्तिम चरणमा पुग्यो : गोकर्ण विष्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २४ गते १३:५४

२४ असार, काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी एकता अन्तिम चरणमा पुगेको बताएका छन् । कार्यदल सदस्य रहेका बिष्टले केहीदिन भित्रै सहमति जुट्ने बताए ।

‘छलफल प्रभावकारी बन्दै गएको छ । एमाले एकता अन्तिम चरणमा पुगेको छ’, उनले भने । साँझ सात बजे बस्ने बैठकबाटै एकतालाई मूर्त सन्देश दिने विष्टले बताए ।

सोमबार देखि सक्रिय कार्यदलको लगातार बैठक बसिरहेको छ । कार्यदलको बैठककै बीच बुधबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच ‘वान अन वान’ सम्वाद भएको थियो । तर दुवैले अडान छोडेनन् ।

ओली र नेपालबीच सहमति जुट्न नसकेपनि कार्यदलका सदस्यहरु एकता जोगाउन सक्रिय छन् । ओली र नेपाल भेटवार्ता सकिए लगत्तै कार्यदलका सदस्यहरु सक्रिय छन् । उपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बुधबार राति अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए ।

त्यसपछि पुनः रावलले नेता नेपालसँग सम्वाद गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?