+
+

विपक्षी गठबन्धनविरुद्ध सत्तारुढ एमालेको प्रदर्शन

शंकर गिरी शंकर गिरी,
२०७८ असार २७ गते १७:०९

२७ असार, काठमाडौं । सत्तारुढ नेकपा एमाले विपक्षी गठबन्धनविरुद्ध सडकमा उत्रिएको छ । एमालेसम्बद्ध नेपाल खेलकुद महासंघ र युवा संघ नेपालको आह्वानमा आइतबार विपक्षी गठबन्धनविरुद्ध राजधानीमा प्रदर्शन गरेका हुन् ।

रमेश पौडेल नेतृत्वको नेपाल खेलकुद महासंघले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा प्रदर्शन गरेको थियो । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्वीर अंकित पोस्टकार्ड बोकेका थिए, जसमा ‘खेलाडीहरु जाग्दैछन्, राष्ट्रघातीहरु भाग्दैछन्’, ‘खेलाडीहरुको आह्वान, तोकिएको मितिमा निर्वाचन’ जस्ता नारा लेखिएका थिए ।

यस्तै युवा संघ नेपालले बिजुली बजारबाट माइतीघर मण्डलासम्म प्रदर्शन गरेको छ ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?