
३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार संसदबाट विश्वासको मत पाए । विश्वसका मतका लागि बसेको प्रतिनिधिसभाको बैठकमा संसदहरुको गतिविधि हेर्न लायक थियो ।
विश्वासको मत माग्न संसद पुगेका प्रधानमन्त्री देउवादेखि विपक्षमा मत दिन पुगेका नेकपा एमालेको केपी शर्मा ओलीसहितका नेताहरु बैठकको अन्तिमसम्म पनि दबावमा थिए ।
संसभित्र विश्वासको मत दिन आएका एमालेका माधव नेपालसहित उनी पक्षीय संसद र तटस्थ बस्ने निर्णय लिएका एमालेका अन्य सांसद पनि संसद भवनभित्रै भलाकुसारी र संवादमा व्यस्त थिए ।
जसपादेखि अन्य साना दलका सांसदहरु पनि विश्वासको मत लिने बैठकमा सहभागी भएर विभिन्न दलका संसदसँग आफ्ना मत-मतान्तर राखिरहेका थिए । कोही भने संसदभित्र नै सेल्फी/फोटो खिच्ने र मोबाइल चलाउने गरिरहेका देखिन्थे ।
संसद बैठकमा विभिन्न दलका तर्फबाट नेताहरुले मन्तव्य दिएका थिए भने आफ्ना पक्षका नेताले राखेका बलिया मतहरुमा सांसदहरुले खुलेरै टेकल ठोके । विश्वासको मत पाएपछि देउबाले विभिन्न सांसदबाट संसदभित्रै बधाइ थापे । स
संसद बैठकमा देखिएका अनेकन दृश्यहरुलाई हामीले यहाँ समेटेर राखेका छौं ।
प्रतिक्रिया 4