+

३२औं गृष्मकालीन ओलम्पिकको टोकियोमा औपचारिक उद्घाटन

२०७८ साउन  ८ गते २०:३६ २०७८ साउन ८ गते २०:३६
३२औं गृष्मकालीन ओलम्पिकको टोकियोमा औपचारिक उद्घाटन

८ साउन, काठमाडौं । ३२औं संस्करणको गृष्मकालीन ओलम्पिकको जापानमा औपचारिक उद्घाटन गरिएको छ । कोभिड–१९ महामारीका कारण एक वर्ष पछि सरेको विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको शुक्रबार जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच टोकियो २०२० को औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

शुरुमा सन् २०१३ मा टोकियोले ओलम्पिक आयोजनाको अधिकार प्रदान गरिएको समयदेखिको भिडियो देखाइएको थियो । त्यसपछि ओलम्पिक स्टेडियममा आतिशबाजी गरियो ।

त्यसपछि जापानी एम्पेरर नारुहितो र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीका अध्यक्ष थोमस बाक प्रस्तुत भए । लगत्तै जापानका ओलम्पिक विजेता सहित ६ जनाले जापानी राष्ट्रिय झण्डा मैदानभित्र ल्याए । जापानी गायक तथा सड्ड राइटर मिसियाले राष्ट्रिय गान किमियागो गाए ।

समारोहमा कोभिड–१९ बाट ज्यान गुमाउनेहरुप्रति केही समय मौन धारण समेत गरिएको थियो । बंगलादेशी नोबल शान्ति पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसलाई ओलम्पिक लाउरेल प्रदान गरिएको थियो ।

त्यसपछि ओलम्पिकमा सहभागी देशहरुको परेड शुरु भयो । सबैभन्दा पहिले आधुनिक ओलम्पिकको शुरुवात भएको ग्रीसको मार्चपास भएको थियो । मार्चपासमा नेपालको राष्ट्रिय झण्डा भने पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले बोके ।

टोकियो ओलम्पिकमा ३३ खेलको ३३९ इभेन्ट समावेश छन् । जसमा विश्वभरबाट ११ हजार भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । यस पटक ओलम्पिकमा नेपालबाट चार खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

उद्घाटन टोकियो ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय