+
+

ज्योतिष शास्त्रमा यसरी योगदान दिए वेदव्यासले

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ९ गते ८:०६

ज्योतिष शास्त्र वेदको ६ अंगमध्येको एक हो । जसका कारण वेदलाई लिपिबद्ध गर्ने श्रेय पाएका वेदव्यासले नै ज्योतिष शास्त्रको विकासमा योगदान दिएको शास्त्रीय मानिन्छ ।

धेरै ऋषिमुनिहरूले ज्योतिष विद्याको तयारीको लागि आ-आफ्नो तर्फबाट योगदान गरेका छन् । यी सबै प्रयासहरूको माध्यमबाट ज्योतिष शास्त्र आफैँमा व्यक्तिको भूत, भविष्य र वर्तमानलाई जान्न सक्ने शास्त्रको रुपमा विकास भयो । यो योगदानको सूचीमा सबैभन्दा अघि नाम आउँछ वेदव्यास र कश्यप ऋषिको । उनीहरूले ज्योतिषसँग सम्बन्धित धेरै स्रोतहरूको सिर्जना गरे ।  जसले ज्योतिषलाई एउटा वैज्ञानिक विद्याको रूपमा चिनिएको छ ।

ऋषि वेदव्यास पराशर ऋषिका छोरा हुन् । आधुनिक समयमा प्रयोग गरिएको ज्योतिषको रूप पाराशरी ज्योतिषको एक अंश हो । ऋषि वेदव्यास ज्योतिषको उत्पत्तिको समयका १८ मुनिमध्येका एक मात्र होइनन् । तर उनले रचना गरेको महाभारत जस्तो कालजयी पुस्तकका कारण उनी चर्चामा छन् ।

ऋषि वेदव्यास वैदिक कालका महान ऋषिहरूमध्ये एक थिए । युग परिवर्तन गर्ने घटनाको साक्षी समेत बसेका उनी धार्मिक ग्रन्थ र वेदका विद्वान थिए । पौराणिक युगको महान विभूति र साहित्य दर्शन दर्शनका निर्माता वेदव्यासको जन्म आषाढ पूर्णिमामा भएको विश्वास गरिन्छ । वेदान्त दर्शन, एकेश्वरवादका संस्थापक वेदव्यासको र पत्नी अरुणीबाट छोरा हुन् योगी शुकदेव हुन् । तर यिनी कतिऔं वेदव्यासका पुत्र हुन् भन्ने भने यकिन छैन । गुरु पूर्णिमाको दिन वेदव्यासको जन्म जयन्ती मनाउने गरिन्छ ।

वेदको विस्तारको कारण व्यास ऋषिलाई वेदव्यास भनियो । पछि उनले जस्तै महत्वपूर्ण काम गर्ने अरू ऋषिलाई पनि वेदव्यास भन्न थालियो । जैमिनी ज्योतिषको रचना गर्ने जैमिनी ऋषि वेदव्यासका नै चेला थिए । वेदव्यासद्वारा रचित शास्त्रहरुमा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदको विभाजन व्यासको सबैभन्दा महत्वपूर्ण योगदान हो । उनले आफ्ना शिष्यहरू पाल, जैमिनी, वैशंपायन र सुमन्तुमुनिलाई वेदको ज्ञान दिएका थिए । वेदमा रहेको गहिरो ज्ञानलाई नै केही कथात्मक हिसाबले ढालेर पुराणको रचना भयो ।

वेदव्यासका चेलाहरूले वेदको धेरै शाखा र उप-शाखा बनाए । यो विश्वास गरिएको छ कि भगवानले आफैंमा व्यासको रूपमा अवतार लिएर वेदको विस्तार गरेका थिए । यसैले व्यासलाई भगवान विष्णुको चौबीस अवतारमा गणना गरिन्छ ।

वेदव्यासको नाम सुन्ने बित्तिकै धेरै दोधारमा पर्छन् कि वेदको विभाजन गर्ने एकजना वेदव्यास, वेदान्त दर्शनका रचयिता अर्को वेदव्यास, महाभारतको रचयिता जस्ता महान् ग्रन्थहरुको रचना गर्ने वेदव्यास आखिर एउटै हुन् कि फरक हुन् ? यदि एउटै वेदव्यासले यी सबै काम गरेका हुन् भने यी फरक समयमा लेखिएका ग्रन्थ लेख्न कसरी सम्भव भयो ? भन्ने जिज्ञासा धेरैमा हुन सक्छ ।

धार्मिक मान्यता अनुसार वेदव्यासले द्वापर युगमा विष्णु व्यासको रूपमा देखा परेर सोही समयमा वेदको विभाजन गरेका हुन् । शास्त्रीय हिसाबले हेर्दा इतिहासमा २८ वटा वेदव्यास जन्मिए । तिनै वेदव्यासहरूले फरक समयमा फरक काम गरे । अहिले हामीले बुझ्ने वेदव्यास मान्छे नभएर एउटा पदको रूपमा विकास भएको छ ।

भनिन्छ पहिलो पटक द्वापर युगमा स्वयं ब्रह्मा नै वेदव्यासको रुपमा प्रकट भए । दोस्रो वेदव्यासको रुप लिने व्यक्ति प्रजापति हुन् । तेस्रो वेदव्यासले द्वापर युगमा जन्मलिए । उनी शुक्राचार्य हुन् । चौथो वेदव्यास वृहस्पति भए । यसरी नै इन्द्र, धनञ्जय, सूर्य, मृत्यु, कृष्णद्वेपायन, अश्वस्थामा सहितका २८ जना वेदव्यासले अहिलेसम्म जन्म लिए । यिनीहरु सबै मिलेर नै वेदको विभाजन गरे भने १८ पुराणको समेत रचना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?