+
+

बैंकिङ कसूर मुद्दाका फरार तीनजना प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १३ गते १३:००

१३ साउन, म्याग्दी । बैंकिङ कसूर मुद्दामा कैद तथा जरिवाना ठहर भइ फरार रहेका ३ जनालाई म्याग्दी बेनीबजारका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेनी नगरपालिका-२ बस्ने ५५ वर्षीया सुनिता नेपाली, सोही नगरपालिका-४ बस्ने ३३ वर्षीया जगदेवी थापा मगर र सोही ठाउँ बस्ने ३५ वर्षीया निर कुमारी खत्री रहेका छन् ।

बैंकिङ कसूर मुद्दामा सुनितालाई ६ महिना कैद तथा ९ लाख ७८ हजार २ सय २५ रुपैयाँ जरिवाना, जगदेवीलाई ६ महिना कैद तथा ९ लाख ७९ हजार ६ सय ४९ रुपैयाँ जरिवाना र निर कुमारीलाई ६ महिना कैद र ९ लाख ७० हजार ३ सय ५६ रुपैयाँ जरिवाना ठहर भई फरार भएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत म्याग्दीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद तथा जरिवाना भुक्तानका लागि कारागार कार्यालय म्याग्दी पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?