+
+

सानिमा लाइफको ६० लाख कित्ता आईपीओ आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १४ गते १२:१९

१४ साउन, काठमाडौं । सानिमा लाइफ इन्स्यारेन्सले आगामी २० गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको अनुमति पछि कम्पनीले ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी दुई अर्बको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबर प्रति सेयर एक सयका दरले आईपीओ निष्काशन गर्न लागेको हो ।

६० लाख कित्ता मध्ये ३ लाख कित्ता अथार्त कुल निष्कासनको ५ प्रतिशत सेयर कमचर््चारीलाई, ५ प्रतिशत नै सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन हुनेछ ।

सानिमाको लाइफको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । २० गतेदेखि खुला हुने आईपीओका लागि २४ गतेसम्म आवेदन दिन पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?