+
+

सुर्खेतमा मालपोत कार्यालयको सेवा दुई साता बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते ८:५४
मालपोत कार्यालय सुर्खेतमा सेवाग्राहीको भीड । फाइल तस्वीर

२ भदौ, सुर्खेत । मालपोत कार्यालय सुर्खेतले बुधबारदेखि अत्यावश्यक बाहेकका सेवा दुई साताका लागि बन्द गरेको छ ।

कार्यालयले सूचना जारी गर्दै कार्यरत कर्मचारीहरूमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि दुई साता सेवा प्रवाह स्थगन गरिएको जनाएको छ ।

सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रही प्रदान गरिँदै आएका सम्पूर्ण सेवा भदौ २ देखि १५ गतेसम्म स्थगन गरिएको हो ।

यो अवधिमा विभाग, अदालत, प्रशासन, अन्तर सम्बन्धित निकाय र प्रहरी कार्यालयसँग सम्बन्धित अत्यावश्यक सेवा भने नियमित सञ्चालन हुने जारी सूचनामा उल्लेख छ ।

कोभिड-१९ को जोखिम न्यूनीकरणका सबै मापदण्ड पालना गरेरै सावधानीपूर्वक सेवा प्रवाह गरिरहेका बेला कर्मचारीहरूमा संक्रमण पुष्टि भएपछि केही दिन सेवा प्रवाह बन्द गर्नुपरेको कार्यालयले जनाएको छ ।

सधैंजसो सेवाग्राहीको अत्याधिक चाप हुने मालपोत कार्यालयमा कोरोना जोखिम कायमै रहेका बेला पनि उस्तै भिड लाग्ने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?