
२ भदौ, काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपालले पार्टी विभाजन गर्ने प्रक्रिया अगाडि बढाएर राजनीतिक नेतृत्व गुमाएको टिप्पणी गरेका छन् ।
माधवकुमार नेपाल समूहले नयाँ दल नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिएपछि अनलाइनखबरसँग कुरा गर्दै भट्टराईले नेता नेपाललाई उनकै समूहका नेताहरुले साथ नदिएको बताए ।
‘ठूलो पंक्तिले माधव नेपाललाई छाडेका छन् । यसले के प्रमाणित गर्छ भने उनीसँग त्यस्तो ठोस राजनीतिक एजेण्डा छैन’ नेता भट्टराईले भने ।
राजनीतिक दलको नेतृत्व बन्नका लागि ठोस राजनीतिक एजेण्डा हुनुपर्ने भन्दै उनले माधव नेपाल प्राविधिक र प्रशासनिक क्षेत्रको नेता जस्तो बनेको टिप्पणी गरे ।
राजनीतिक एजेण्डा बोक्न नसकेकै कारण उनले आफू स्थापित हुनका लागि पार्टी विभाजनको प्रक्रिया अगाडि बढाएको नेता भट्टराईले आरोप लगाए ।
प्रतिक्रिया 4