+
+

प्रत्यायोजित विधायन अध्ययन उपसमिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १५:३८

४ भदौ, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रत्यायोजित विधायन सम्बन्धी अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

शुक्रबार बसेको समिति बैठकले नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माको नेतृत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिलाई सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४, प्रत्यायोजित विधायन अनुसार नियमावली, कार्यविधि र निर्देशिकाहरु तयार भए÷नभएको अध्ययन गर्ने जिम्मेवारी दिइएको छ । समिति सभापति शशी श्रेष्ठले सकेसम्म समितिलाई एक महिनाभित्रै अध्यन प्रतिवेदन तयार हुने गरी काम गर्न निर्देश गरेकी छन् ।

उपसमितिमा नेकपा एमालेबाट खेमप्रसाद लोहनी र लक्ष्मी कुमारी चौधरी, कांग्रेसबाट सांसद डिला संग्रौला, जनता समाजवादी पार्टी (जसपा)बाट रामसहाय प्रसाद यादव सदस्य रहेका छन् ।

यस्तै, राज्य व्यवस्था समितिको शुक्रबार वार्षिक प्रतिवेदन २०७८ पास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?