+
+

बैंकिङ पहुँच ६७ प्रतिशत नाघ्यो, बैंक खाता सवा ३ करोड

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १५:५३

४ भदौ, काठमाडौं । ६७ प्रतिशत बढी नागरिकमा बैंकिङ पहुँच पुगेका छ । नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच सम्बन्धी अध्ययन प्रतिवेदन अनुसार देशका ६७ दशमलव ३४ प्रतिशत नागरिक बैंकिङ पहुँचमा जोडिएका छन् । २०७६ साल असारसम्म ६० दशमलव ९ प्रतिशतमात्रै नागरिकहरुमा वित्तीय पहुँच पुगेको थियो ।

राष्ट्र बैंकले बैंकिङ पहुँचको समग्र अवस्थाबारे अध्ययन गरेर शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको छ । वित्तीय कारोबारमा महिलाहरु सक्रिय देखिएको प्रतिवेदनमा उल्लेख छ। कुल निक्षेप खातामध्ये ६७.७ प्रतिशत खातामात्रै सक्रिय रहेका छन् । यसमा पनि महिलाको खाता धेरै सक्रिय रहेको राष्ट्र बैंकले बताएको छ ।

प्रतिवेदन अनुसार पुरुषको खाता संख्यामध्ये ६५.२ प्रतिशत र महिलाको खाता संख्यामध्ये ७२.३ प्रतिशत खाता सक्रिय रहेका छन् । उता बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप खाता संख्या ३ करोड १८ लाख नाघेको छ । सार्वजनिक प्रतिवेदनअनुसार निक्षेप खाता गत जेठ मसान्तमा तीन करोड १८ लाख ८६ हजार पुगेको हो ।

यसमध्ये नेपाली प्राकृतिक व्यक्तिको दुई करोड ९९ लाख २८ हजार ४३६ निक्षेप खाता रहेको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार तीन पुस्ते विवरणको आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा भने ६७.३४ प्रतिशत नागरिकको कम्तिमा एक निक्षेप खाता रहेको देखिएको छ ।

२०७६ असार मसान्तमा कम्तिमा एक निक्षेप खाता भएका नेपालीको संख्या ६०.९ प्रतिशत रहेको थियो । कुल निक्षेप खातामा प्राकृतिक व्यक्तिको खाताको हिस्सा ९३.४८ प्रतिशत पाइएको राष्ट्र बैंकले बताएको छ ।

मोबाइल बैंकिङ प्रयोगकर्ता प्रदेश नं. २ मा सबैभन्दा कम देखिएका छन् । खाता भएका मध्ये २७.०१ प्रतिशतलेमात्रै प्रदेश २ मा मोवाइल बैंकिङ चलाउने गरेका छन् । प्रतिखाता इन्टरनेट बैंकिङ प्रयोगकर्ता कणर्ाली प्रदेशमा सबैभन्दा कम ०.५२ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?