+

काठमाडौं तेक्वान्दो संघमा खड्का निर्विरोध

२०७८ भदौ  ५ गते २०:२८ २०७८ भदौ ५ गते २०:२८
काठमाडौं तेक्वान्दो संघमा खड्का निर्विरोध

५ भदौ, काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघको अध्यक्षमा अशोक खड्का ४ वर्षका लागि निर्विरोध निर्वाचित भएका छन् ।

चावहिलस्थित केएल टावरको इम्पेरियल बैंक्युटमा शनिबार सम्पन्न जिल्ला कार्यसमितिको दोस्रो  अधिवेशनले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक खड्काको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति समेत निर्विरोध चयन गरेको छ । खड्का अघिल्लो कार्यसमितिको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर विजयी भएका थिए ।

अध्यक्षमा खड्काबाहेक कसैले उम्मेदवारी दिएनन् । अध्यक्षबाहेक सबै पदमा आवश्यक भन्दा बढीले उम्मेदवारी दर्ता गराएपनि अन्तिम समयमा सबैले उम्मेदवारी फिर्ता लिने सहमति भएपछि जिल्ला कार्यसमिति निर्विरोध चयन भएको हो ।

सरोज बाँस्कोटाले उपाध्यक्ष, गणेश तामाङले सचिव र सारदा धिमालले कोषाध्यक्षको जिम्मेवारी पाए । उपाध्यक्षमा कविराज नेगी लामा, सचिवमा टीकादत्त दाहाल र विकेश विडारी तथा कोषाध्यक्षमा विमला लामाले उम्मेदवारी दिएका थिए ।

सदस्यमा गौरव रजक, विशाल सुर्खेती, मुना खवास, प्रदीप आले मगर र कविता श्रेष्ठ चयन भए । सदस्यमा संगीता राईले पनि उम्मेदवारी दर्ता गराएकी थिइन् ।

नयाँ खेलकुद ऐन लागू भएपछि अघिल्लो कार्यसमितिका अध्यक्ष प्रमोद पराजुलीले राजीनामा दिएपछि खड्काले १ वर्ष कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए । नयाँ खेलकुद ऐनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारी खेल संघमा बस्न नपाउने प्रावधान अनुसार पराजुलीले अध्यक्षबाट राजीनामा दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष खड्काले राम्रो काम गरेर आफ्नो कार्यकाल स्मरण योग्य बनाउन प्रयास गर्ने बताए । नवनिर्वाचित पदाधिकारीहरुलाई राखेपका सदस्यद्वय नन्दा बस्याल र रेणुका श्रेष्ठले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।

तेक्वान्दो संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय