+
+

‘एक्स ९’मा अनमोल र सौगातपछि पुष्पको इन्ट्री

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते १२:०७

नेपालकै पहिलो ठूलो क्यानभासमा बन्न लागेको एक्सन केन्द्रित चलचित्र ‘एक्स ९’मा नाम चलेका कलाकारहरुले संझौता गर्ने क्रम जारी छ । मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको यो चलचित्रमा नायक अनमोल केसी र सौगात मल्लको प्रवेश भैसकेको छ ।

जनवरीबाट यूरोपका विभिन्न देशमा छायांकन हुने चलचित्रमा अब अर्का नायक पुष्प खड्काको समेत इन्ट्री भएको छ । पुष्पले निर्माणपक्षसँग लिखित संझौता गरिसकेका छन् । योसँगै अहिलेका हट केक नायकहरु अनमोल केसी र पुष्प खड्काले पहिलो पटक एकसाथ पर्दा शेयर गर्ने पक्का भएको छ । चलचित्रमा कलाकार राज कटुवाल पनि फाइनल भैसकेका छन् ।

चलचित्रका लागि अनमोल, सौगात र पुष्पले नै शरीर बनाउनुपर्नेछ । उनीहरुले जीमसँगै एक्सनको कोर्ष समेत लिनेछन् । वुझिएअनुसार, करिब ६ महिना कलाकारहरुलाई आफूमा परिवर्तन ल्याउन समय लाग्नेछ ।

चलचित्रको खलपात्रमा बलिउडका कलाकारलाई राख्ने तयारी समेत यसको निर्माणपक्षले गरेको छ । नायक सुनिल सेट्टीले महंगो रकम मागेपछि यसको निर्माणपक्षले कलाकार सोनु सुदलाई अफर गरेको थियो । यस्तै, अब यसको टिम कलाकार नवाजुद्दिन सिद्धिकीलाई पनि अफर गर्ने तयारीमा रहेको वुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?