+
+

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सीका डिजाइनर सेकेण्ड टिचरबाट पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते २०:५०

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । सोमबार क्यानले विज्ञप्तिमार्फत क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको जानकारी गराएको हो । जर्सीको प्रायोजक खोज्ने जिम्मा पाएको एडप्याडले खुल्ला आवेदनबाट क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको हो । आदर्श पोखरेलले डिजाइन गरेको जर्सीलाई नेपाली क्रिकेट टिमको नयाँ जर्सीका रुपमा प्रयोग गर्नेछ ।

नयाँ जर्सीलाई माइ सेकेण्ड टिचर्सका सहप्रमुख शुलभ बुढाथोकी र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले सार्वजनिक गरेका हुन् । जर्सीको डिजाइनको विजेता आदर्शले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् । यसअघि क्यानले सार्वजनिक गरेको जर्सीमा क्यान पदाधिकारीबाटै विरोध भएपछि जर्सी छनोट खुल्ला गरिएको थियो । जसमा ५०० बढी डिजाइन आवेदन आएको थियो ।

जर्सीको अन्तिम टुंगो लगाउनका लागि क्यानले बोर्ड सदस्य छुम्बी लामा, जनरल म्यानेजर रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र माइसेकेण्ड टिचरबाट आशिष सिग्देल रहेको चार सदस्यीय समिति गठन गरेको थियो । आइसीसीको गाइडलाइन अनुसार नै नयाँ जर्सी डिजाइन भएको बताइएको छ । डिजाइन फाइनल भएपछि उक्त जर्सी मंगलबार ओमान जाने नेपाली टिमले लगाउने छ ।

‘हामीले नेपाली टोलीको जर्सी राम्रो र उत्कृष्ट होस् भन्ने हिसाबले क्यानसाग खुल्लाप्रतिस्पर्धाबाट डिजाइन छनोटको लागि सहकार्य गरेका हौं । आशा गरेअनुरुप यसमा धेरैभन्दा धेरैले भाग लिनुभयो भने नेपाली टोलीले पनि सबैको आाखामा बस्ने खालको जर्सीको डिजाइन पाएको छ । यो जर्सी नेपाली टोलीले केही दिनमै हुने प्रतियोगिताहरूमा लगाउनेछ । उत्कृष्ट डिजाइन गर्ने आदर्श पोखरेललाई पुरस्कार स्वरुप नगद रु. १ लाख पनि माई सेकेण्ड टिचरका तर्फबाटप्रदान गरेका छााै,’माइ सेकेण्ड टिचरका सह-संस्थापक सुलभ बुढाथोकीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?