+
+

‘हामी सबैको वाइवाइ जिङ्गल रिमिक्स’ प्रतियोगिताको विजेता घोषणा हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते १९:३६

९ भदौ, काठमाडौं । सीजी फुड्स नेपाल प्राइभेट लिमिटेडले सञ्चालन गरेको ‘हामी सबैको वाइवाइ जिङ्गल रिमिक्स’ प्रतियोगिताको विजेता बुधबार घोषणा हुँदैछ ।

नेपालभरबाट छनौट भएका उत्कुष्ट १० प्रतियोगीमध्येबाट एकजना विजेता घोषणा गरिने आयोजकले जनाएको छ । विजेताले एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछ ।

नेपाली गीत संगीतको प्रवर्द्धन र नेपाली प्रतिभाको प्रोत्साहनका लागि विश्व संगीत दिवस २०२१ को अवसर पारेर प्रतियोगिता सञ्चालन गरिएको हो ।

सामाजिक सञ्जालमा ‘हामी सबैको वाइवाइ जिङ्गल रिमिक्स’ प्रतियोगिता पेजनमार्फत देशभरका युवा वाद्यवादकहरु, गायक, गायिका र संगीतकारहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतियोगितामा सहभागी बन्नका लागि एक महिना (२१ जुलाई)सम्म समय छुट्याइएकोमा ६२ जनाको रिमिक्स जिङ्गल प्राप्त भएको थियो । सोमध्येबाट उत्कृष्ट १० प्रतियोगीको रिमिक्स जिङ्गल छनौट गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?