+

इंग्ल्याण्डका एलेक्स ब्लेकले ललितपुरबाट ईपीएल खेल्ने

२०७८ भदौ  ९ गते २१:११ २०७८ भदौ ९ गते २१:११
इंग्ल्याण्डका एलेक्स ब्लेकले ललितपुरबाट ईपीएल खेल्ने

९ भदाै, काठमाडौं । इंग्लिस क्रिकेटर एलेक्स ब्लेकले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट साविक विजेता ललितपुर प्याट्रिओट्सबाट ईपीएल खेल्ने भएका छन् ।

ललितपुरले बुधबार विज्ञप्ति जारी गर्दै एलेक्सले ईपीएल जनाएको छ । देब्रे हाते ब्याट्सम्यान एलेक्सले केन्टबाट काउन्टी क्रिकेट खेल्ने गर्छन् । उनले ओभल इन्भिन्सिबल्सबाट दी हन्ड्रेड क्रिकेट खेलेका थिए ।

ईपीएलमा एक टिमले ३ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन् । ईपीएल २०२१ असोज ९ गतेदेखि असोज २३ गतेसम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ ।

ईपीएलमा साविक विजेता ललितपुरसहित ६ शहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

साविक विजेता ललितपुर प्याट्रिओट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स ११, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारियर्सले प्रतिस्पर्धा गर्ने छन् ।

ईपीएल नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय