१० भदौ, पर्सा । वीरगञ्ज-पथलैया औद्योगिक करिडरको एक स्टिल कम्पनीको भट्टीमा विस्फोट हुँदा १२ जना श्रमिक घाइते भएका छन् ।
घाइतेमध्ये सात जनाको अवस्था गंभिर छ भने चार जनाको अवस्था सामान्य रहेको पर्सा प्रहरीले जनाएको छ ।
करिडोर भित्रको सर्वोत्तम स्टिलको फलाम पगाल्ने भट्टी पडि्कँदा तरल पदार्थ उछिटि्टएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले अनलाइनखबरलाई बताए ।
बिहीबार दिउँसो पौने एक बजे भएको घटनामा घाइतेहरु सबै भारतीय नागरिक रहेको र उनीहरुको बयोधा अस्पतालमा उपचार भइरहेको पाण्डेले बताए ।
उद्योगमा बिस्फोटपछि लागेको आगो दमकलको सहयोगमा नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4