+
+

४ करोड ३० लाख वर्षअघि यस्तो हुन्थ्यो ह्वेल माछा !

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १२ गते १४:०४

आजभन्दा ४ करोड ३० लाख वर्षअघि पानी र जमिन दुवै ठाउँमा बस्न सक्ने ह्वेल माछा पाइन्थ्यो ।

इजिप्टका वैज्ञानिकहरुले गरेको अध्ययन अनुसार आजभन्दा ४३ मिलियन वर्ष अगाडि ह्वेलमाछा उभयचर प्राणीको रुपमा थियो । उसका चारवटा खुट्टा थिए ।

यस्तो उभयचर ह्वेललाई इजिप्टमा मृत्युको देवता अर्थात् एनुबिसको नामले चिनिन्छ ।

तीन मिटर लामो ६ सय किलो तौल

समाचार एजेन्सी सिन्ह्वाका अनुसार इजिप्टको उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धान मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै चार करोड ३० वर्ष अगाडिको उभयचर ह्वेल माछाको बारेमा जानकारी दिएको हो ।

इतिहासमा पहिलोपटक इजिप्टका वैज्ञानिकहरुले ह्वेलको नयाँ प्रजातिको दस्तावेजीकरण गरेको सिन्ह्वाले उल्लेख गरेको छ । उक्त ह्वेल माछाको लम्बाई तीन मिटर तथा शरीरको तौल ६ सय किलोग्राम थियो । उक्त ह्वेल जमिनमा हिड्नुका साथै गोही तथा स साना स्तनधारी जस्तै पानीमा पौडिन पनि सक्दथ्यो ।

शोधकर्ता टोलीको सुरपरीवेक्षण गर्ने उभयचर प्राणीविद् हिसाम सल्लमका अनुसार जिवावशेष विज्ञहरुले सन् २००८ मा इजिप्टको फेयूम डिप्रेसनमा एक अभियानका क्रममा ती जिवाश्महरुको पनि खोज गरेका थिए । जुन पाँच करोड ६० लाखदेखि तीन करोड ३९ लाख वर्ष पुरानो इयोसिन युगका समुद्री जीवका जिवाश्मका लागि प्रसिद्ध छन् ।

सोधकर्ताहरुले इजिप्टभित्र र बाहिर समेत ह्वेलका नमूनाका साथै जिवाश्महरुको तुलना गरेसँगै अध्ययनको दस्तावेजीकरण तथा रेकर्ड गर्नका लागि ४ वर्षको समय लिए ।

उक्त उभयचर ह्वेलको प्रजातिको नाम वैज्ञानिकहरुले फियोमिसेटन एनबिस राखेका छन् । प्राचीन मिश्रको सभ्यतामा मृत्यु तथा ममीकरणका देवताको नाम एनबिस रहेको थियो । यो ह्वेलको प्रजातिलाई अफ्रिकामा हालसम्म पत्ता लागेको सबैभन्दा पूरानो ह्वेलको प्रजाति मानिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?