+
+

‘सत्यम्’का कारण हमालले गरेनन् ‘म राजेश हमाल’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १३ गते ११:३९

केदार भुषालको निर्माणमा बन्न लागेको चलचित्र ‘म राजेश हमाल’मा नायक राजेश हमालले अभिनय नगर्ने भएका छन् । नायक हमालकै नाम राखेर तयार हुन लागेको यो चलचित्रका लागि उनलाई विशेष भूमिकामा अफर गरिएको थियो ।
तर, नायक राजेश हमालले भने यो चलचित्रको नाममा आफ्नो नाम राख्न स्विकार गरेपनि अभिनय गर्न भने अस्विकार गरेको वुझिएको छ ।

चलचित्रमा नायक आर्यन सिग्देलले भने विशेष भूमिकामा अभिनय गर्दैछन् । चलचित्र ‘म राजेश हमाल’ले राजेशको बायोेपिक कथा नभन्ने निर्माता भुषाल बताउँछन् । यो चलचित्र राजेश हमालको जीवनबाट प्रभावित भने छ ।

हमालले गत बर्ष नै चलचित्र ‘सत्यम्’मा काम गर्ने संझौता गरिसकेका छन् । यो चलचित्रको शिर्ष भूमिकामा देखिन लागेकाले पनि हमालले अन्य चलचित्रमा काम गर्न अस्विकार गरेका हुन् ।

यो चलचित्रमा संचिता लुइटेल, मुकुन भुषाल, महेश त्रिपाठी, एवनराज उप्रेती, संजोग रसाइली, अस्मिता लामिछाने लगायतको अभिनय रहनेछ । चलचित्रको छायांकन धनगढीबाट सुरु गर्ने तयारीमा निर्माणपक्ष रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?