+
+

टेलिफिल्म ‘चल्दैछ’को प्रशारण सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १३ गते १२:१८

कमेडी जनराको टेलिफिल्म ‘चल्दैछ’को प्रशारण आरम्भ भएको छ । यो टेलिफिल्म हरेक शुक्रबार साँझ साढे ७ बजे बीएमएचडी च्यानलबाट प्रशारण हुनेछ ।

बुढासुब्बा म्युजिक सेन्टरको प्रस्तुतिमा निर्माण भएको टेलिफिल्ममा माधव पण्डित, केशव सापकोटा, शुशीला निरौला, अञ्जु रुवाली, मारिया कार्की, पीएल श्रेष्ठ, सुरज महर, प्रतिक गिरी लगायतका कलाकारको अभिनय छ । मनीष गौतम र रिवाज दाहालको लेखन, नवराज गिरीको गीत र चेतन सापकोटाको संगीत रहेको टेलिफिल्ममा गौरी मल्ल र चेतन सापकोटाको स्वर, किरण गिरीको सम्पादन र विशाल प्रजापतिको छायांकन छ ।

नवराज गिरी र सरस्वती गिरी निर्माता रहेको टेलिफिल्ममा रत्न जोशीको निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?