+
+

‘एक’ फिल्मको ट्रेलर रिलिज, ओटीटीमा सार्वजनिक हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते १०:२२

चलचित्र ‘एक’को ट्रेलर सार्वजनिक भएको छ । मधेसको राजनीतिलाई चित्रण गरिएको यो चलचित्रमा विशाल पोख्रेल, प्रमोद अग्रहरि, ज्योत्सना योगी लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्र दशैंको घटस्थापनाबाट ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । सिनेमा घर एपबाट यो चलचित्र रिलिज हुने निर्माणपक्षले बताएको छ । साथै, यो चलचित्र डिस होम, नेट टीभी, ओहो मुभिज लगायतबाट पनि सार्वजनिक हुनेछ ।

मनोज पण्डितको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा प्रमोद खड्काको एकसन, भरतमणी रेग्मीको सम्पादन, दीपक बज्रचार्यको छायांकन छ । अधिकांश नेपाली चलचित्रले प्रदर्शनका लागि हल नै कुरिरहेको समयमा यो चलचित्रलाई भने मनोजले ओटीटीबाट रिलिज गर्ने तयारी गरेका छन् ।

चलचित्रमा अत्मा गुरागाँइ र सोफिया थापाको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?