+
+

आन्दोलन गर्न मन्त्री कुर्दै उखु किसान

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते १४:१०
फाइल तस्वीर

१५ भदौ, काठमाडौं । सरकार विस्तारमा भएको ढिलाइको असर उखु किसानको आन्दोलनमा समेत परेको छ । उखु किसान संघर्ष समितिले भदौ ५ गतेदेखि काठमाडौं केन्द्रीत तेस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको थियो । तर माग सुनुवाई गर्ने मन्त्रालय नेतृत्वविहीन भएपछि पीडित किसान आन्दोलनबाट पछि हटेका छन् ।

किसानको माग सुनुवाई गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलमा मन्त्री नभएका कारण घोषित आन्दोलन स्थगन गरिएको उखु किसान संघर्ष समिति सर्लाहीले जनाएको छ । माग सम्बोधन गर्ने मन्त्री नै नभएपछि आन्दोलन हाललाई रोकिएको संघर्ष समितका सचिव हरिश्याम राय यादवले बताए । ‘चिनी उद्योगबाट बक्यौता उठाउन भदौ ५ गतेबाट गर्ने भनिएको आन्दोलन हाललाई अनिश्चित भएको छ, माग सम्बोधन गर्ने मन्त्री नहुँदा चुप लागेका हौं,’ संघर्ष समितिका सचिव यादवले भने ।

आन्दोलनका लागि कोरोना महामारी पनि कारक बनेको उनले बताए । संघर्ष समितिकाअनुसार अझै पनि किसानले चिनी मिलबाट २१ करोड बढी बक्यौता उठाउन बाँकी छ । चिनी मिलले करिब ५ वर्ष अघि देखिको भुक्तानी नदिएको भन्दै साउन १४ गते काठमाडौं आएका किसान प्रतिनिधिले सरकारलाई भदौ ५ सम्मको अल्टिमेटम दिएका थिए ।

संघर्ष समितिका सचिव यादवका अनुसार अन्नपूर्ण चिनी मिलबाट ९ करोड, श्रीराम सुगर मिलबाट ८ करोड, इन्दीरा चिनी मिलबाट २ करोड र लुम्बिनी चिनी मिलबाट तीन करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ । सर्लाहीको अन्नपूर्ण चिनी मिलले गत शुक्रबारदेखि भुक्तानी गर्ने भन्दै किसानसंग समन्वयन गरिरहेको यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?