
१५ भदौ, काठमाडौं । नेपालको राजधानी काठमाडौं र श्रीलंकाको राजधानी कोलम्बो सिधा हवाई सञ्जालमा जोडिएका छन् । श्रीलंकन एयरले मंगलबारबाट कोलम्बो–काठमाडौं–कोलम्बो सिधा उडान शुरु गरेको छ । यसअघि यी दुई मुलुकको राजधानी पुग्न अर्को कुनै गन्तब्यमा ट्रान्जिट गर्नुपर्ने बाध्यता थियो ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाज आज बिहान १३२ यात्रुसहित १०ः२४ मा अवतरण गरेको थियो । यो जहाज काठमाडौंबाट ११ः१० मा श्रीलंका फर्कियो । सो क्रममा १४९ यात्रु रहेका थिए । श्रीलंकन एयरले यस रुटमा ए३२० जहाज प्रयोग गरेको छ ।
नेपालमा कम्पनीले मंगलबार र शनिबार गरि साताको दुई उडान गर्ने गरि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हो । कम्पनीले निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत उडान विस्तार गर्ने योजना बनाएको छ । यसबाट बौद्धमार्गी यात्रुको लुम्बिनीमा आगमन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4