
१७ साउन, काठमाडौं । पोखरा-नेपालगन्ज रुटमा नियमित उडान शुरु भएको छ । यसअघि सीता एयरले चार्टर्ड उडान गरेको यो रुटमा अब बुद्ध एयरले साताको तीन दिन नियमित उडान गर्ने गरी सेवा शुरु गरेको हो ।
आइतबार बुद्धको पहिलो जहाज पोखराबाट नेपालगन्ज पुगेको जहाजले त्यहाँबाट यात्रु बोकेर पोखरा आएको छ । बुद्धले आइतबार, बुधबार र शुक्रबार गरि तीन उडान गर्ने भएको छ ।
बुद्धले क्षेत्रीय गन्तब्यलाई जोड्ने क्रममा पोखरा-भैरहवा, पोखरा-भरतपुरपछि पोखरा-नेपालगञ्ज उडान थालेको हो ।
बुद्धले पोखरालाई विराटनगर, सीमरा र जनकपुरसँग समेत जोड्ने योजना यसअघि नै सार्वजनिक गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4