+
+

म्यानमारका सैनिक शासकले आफैंलाई गरे प्रधानमन्त्री घोषणा, निष्पक्ष बहुदलीय व्यवस्था ल्याउने दाबी

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १८ गते ७:३१

१८ साउन, काठमाडौं । म्यानमारमा कू गरी सत्ता हातमा लिएका सैन्य शासक मिन औंङ हलियाङले आफूलाई प्रधानमन्त्री घोषणा गरेका छन् ।

मिन औङ हलियाङले गत फेब्रुअरीमा स्टेट काउन्सिलर आङसाङ सुकी, राष्ट्रपति विन मिन्टलगायत नेताहरुलाई हिरासतमा लिएर जनरल हलियाङले सत्ता हातमा लिएर संकटकाल घोषणा गरेका थिए ।

आइतबार टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै हलियाङले आफूलाई प्रधानमन्त्री घोषणा गरेको बीबीसीले जनाएको छ । झण्डै एक घण्टा लामो सम्बोधनको क्रममा उनले खुला र निष्पक्ष बहुदलीय व्यवस्था ल्याउने घोषणा पनि गरे । उनले जारी संकटकाल सन् २०२३ को अगष्टसम्म लम्बाएका छन् ।

सुकीको पार्टीलाई आतंकवादीको संज्ञा दिंदै उनले गलत सूचनाको कारण प्रदर्शन चर्किएको बताएका छन् । सैनिक कूको विरोधमा म्यानमारमा चर्किएको आन्दोलनको क्रममा करिब एक हजार जनाको मृत्यु भएको छ । प्रदर्शनमा अत्यधिक दमन गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले विरोध गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?