+
+

प्रहरीको मिसनमा जानुअघि हुने परीक्षाको प्रश्नपत्र चोरिएको आशंका, छानविन समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १९ गते १९:०१

१९ साउन, काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जानुअघि लिइने प्रि-स्याट परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको भेटिएको छ । प्रश्न पत्र चोरी भएको देखिएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले छानविन समिति बनाएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाको नेतृत्वमा ६ सदस्यीय छानविन समिति बनाइएको छ । ‘युएन शाखाबाहेकका अधिकृत सम्मेलित समिति बनाइएको हो, समितिले दिएको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढ्छ’ उनले अनलाइनखबरसँग भने ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार युएन शाखाकै तल्लो दर्जामा कार्यरत दुई जना कर्मचारीले प्रि-स्याट परीक्षाको प्रश्न पत्र दराजबाट चोरेको हुनसक्ने देखिएको छ । दुवैलाई निगरानीमा राखिएको स्रोतको भनाइ छ ।

‘प्रश्नपत्र लिएर चिनजानको अधिकारीलाई फोटोकपी गरेरै बाँडेको पाइएको छ’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, ‘भरपर्दो प्रमाण भेटिएरै छानविन समिति बनेको हो, थप प्रमाण भेटिए पक्राउ गरेर कारबाही हुन्छ ।’

शनिबार भएको प्रि-स्याट परीक्षाको प्रश्न पत्र बाहिरएको आशंकामा गरिएको थियो । त्यही आधारमा परीक्षा एक घन्टा ढिलो गरी सुरु भएको थियो ।

एक प्रहरी अधिकृतका अनुसार परीक्षा हुनुअघि केही प्रहरीको म्यासेन्जरमा समेत प्रश्न पत्र पुगेको थियो ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार र शनिबार प्रि-स्याट परीक्षा भएको थियो । यसमा उत्तीर्ण हुनेलाई मात्र मिसनको अन्तिम परीक्षामा सहभागी गराउने गरिएको छ ।

परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म सहभागी थिए । यसअघि सन् २०१८ मा भएको प्रि-स्याट परीक्षाको प्रश्न पत्र पनि परीक्षा अगावै बाहिरिएको पाइएपछि अर्को जाँच लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?