+
+

सडक सफा नगर्दा सिन्धुपाल्चोकमा यातायातका साधन चल्न सकेनन्

बाढीले करीब आधा दर्जन पक्की र झोलुङे पुल बगाएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या

रासस रासस
२०७८ साउन २५ गते १३:२९
फाइल तस्वीर

२५ साउन, सिन्धुपाल्चोक । करिब ९ सय मिटर सडक सफा नगर्दा यहाँका बाढी प्रभावित यातायातका साधन प्रयोग गर्नबाट वञ्चित भएका छन् ।

साउन १७ र त्यसपछिका निरन्तर बाढीले हेलम्बुदेखि मेलम्चीसम्मका करीब आधा दर्जन पक्की र झोलुङे पुल बगाएपछि स्थानीयवासीलाई आवतजावतमा निकै समस्या परेको छ ।

बाटो बगाएपछि अहिले मेलम्ची घ्याङ, तिम्बू, बरुवा, शेर्माथाङ र मेलम्ची नगरपालिकाका विभिन्न स्थानका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । वैकल्पिक रुपमा रहेको किउल, पाल्चोक, दुवाचौर र मेलम्ची सडकको दुई ठाउँमा हिलोले यातायात सञ्चालनमा समस्या रहेको छ ।

हेलम्बु–२ का वसन्त रिमालले यो बाटो सञ्चालनमा आए खाद्य सामग्री ल्याउन सहज हुने बताए ।  बाढीले पुल बगाएपछि हेलम्बु तथा आमा ह्योल्मोका केही बस र ट्रक किउल, पाल्चोक र दुवाचौरमा रहेका छन् ।

बाटो सञ्चालनमा आए हेलम्बु, पाल्चोक, मेलम्ची , दुवाचौर, बाँसखर्क र बरुवा बस चल्ने छन् । मेलम्ची-८ का स्थानीयवासी अरुण लामा स्थानीय सरकारले ध्यान नदिँदा बाटो सफा नभएको गुनासो गरे । मेलम्ची-७ को विचारीचौरमा ९०० मिटर र सेल्लेमा ५० मिटर बाटो हिलाम्मे रहेकाले मोटरसाइकलमा समेत यात्रा गर्न कठिन रहेको छ ।

हेलम्बु गाउँपालिका क्षेत्रमा ग्राबेल हालिसकेको र अब मेलम्ची नगरपालिकाले दुई ठाउँमा ग्राभेल हाले बस चल्ने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बाटो निमार्णका लागि बजेट विनियोजन गरिसकेको जानकारी दिए । मेलम्ची-७ का वडाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले चार लाख नगरले बजेट विनियोजन गरेको र मङ्गलबारबाट काम शुरु हुने बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?