+
+

कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता एक महिलाको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २५ गते १८:१९
फाइल तस्वीर : कर्णाली नदी

२५ साउन, धनगढी । कर्णाली नदीमा डुङ्गा दुर्घटना हुदा बेपत्ता भएकी एक महिलाको शव भेटिएको छ । गत साउन १७ गते कैलालीको मोहन्याल गाउँपालिका–३ स्थित कर्णाली नदीमा डुङ्गा दुर्घटना हुदा बेपत्ता भएकी सोही ठाउँकी २० वर्षीया उर्मिला सलामीमगरको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार आइतबार लम्कीचुहा नगरपालिका–३ को कर्णाली नदीको बीच भागमा सलामीमगरको शव फेला परेको थियो । तत्काल पहिचान हुन नसके पनि उनका श्रीमान करन सलामीमगरले सनाखत गरेका हुन् । उनको शव परीक्षणपछि आफन्तले बुझेका छन् ।

मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने जाने क्रममा कर्णाली नदीमा डुङ्गा दुर्घटना भएको थियो । दुर्घटनामा परेर मोहन्याल गाउँपालिका–३ की २० वर्षीया उर्मिला सलामीमगर, उनको १० दिनको छोरा र सोही ठाउँकी २० वर्षीया पार्वती थापा बेपत्ता भएका थिए । दुर्घटनामा परेर घाइते भएकी मोहन्याल–३ कै धनसरा सलामीमगरको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?