+
+

गुल्मीमा चट्याङ लागेर सात जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २७ गते १९:०९
फाइल तस्वीर

२७ साउन, गुल्मी । गुल्मीमा चट्याङ लागेर सात जना घाइते भएका छन् । इश्मा गाउँपालिका–४ का विभिन्न स्थानमा चट्याङ लागेर सात जना घाइते भएको गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले बताए ।

बुधबार साँझतिर परेको चट्याङले दोहलीका ३८ वर्षका रामबहादुर गन्धर्व र उनको ११ वर्षकका छोरा राहुल गन्धर्व गम्भीर घाइते भएको पाण्डेयले बताए । दुवै जनाको शरीरको विभिन्न भागमा चोट लागेको छ ।

यसैगरी चट्याङ लागेर इश्माकै २५ वर्षीया रुपा नेपाली र उनको ११ वर्षका भाञ्जा किस्मत नेपाली घाइते भएको उनले बताए । उनीहरुको पनि शरीरको विभिन्न भागमा चोटलागेको र अवस्था मध्यम रहेको पाण्डेयले बताए ।

त्यस्तै चट्याङ लागेर घाइते हुनेहरुमा स्थानीय १७ वर्षीया राधा खत्री, २३ वर्षीया गोमा खत्री र ३१ वर्षीया शर्मिला खत्री छन् । कोदो रोपिरहेको अवस्थामा चट्याङको झिल्का लाग्न जाँदा उनीहरु घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेकोले घरमा नै रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?