+
+

गुल्मीमा चट्याङ लागेर थप एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २८ गते ९:५२

२८ साउन, गुल्मी । गुल्मीमा चट्याङ लागेर घाइते भएकी  एक जना महिलाको पनि मृत्यु भएको छ । मालिका गाउँपालिका-२ पाटाखर्ककी २८ वर्षीया कमला पट्टेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

बुधबार बेलुकी घरमै बसिरहेको बेला परेको चट्याङले लागे पट्रटेल घाइते भएकी थिइन् । उनको आज (बिहीबार) बिहान मृत्यु भएको डीएसपी पाण्डेले बताए । घटनास्थल गुल्मी जिल्लाको सिमाना क्षेत्र हो । प्रहरी टोली जान लागेको उनले बताए ।

बुधबार नै गुल्मी जिल्लाको इस्मा गाउँपालिकाको वडानम्बर-४ का विभिन्न स्थानमा पर्दा ११ वर्षका राहुल गन्धर्व मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । घाइते मध्ये तीन जनाको पाल्पामा उपचार भैरहेको छ । तीन जना उपचारपछि घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?