+
+

जुम्लामा भालुको आक्रमणबाट श्रीमान्-श्रीमती घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २८ गते ११:३०

२८ साउन, सुर्खेत । जुम्लामा भालुको आक्रमणबाट श्रीमान्-श्रीमती घाइते भएका छन् ।

चन्दननाथ नगरपालिका-६, कार्कीबाडामा बिहीबार बिहान भालुले आक्रमण गर्दा श्रीमान्-श्रीमती घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी दानबहादुर थापाले जानकारी दिए ।

डीएसपी थापाका अनुसार घाइते हुनेमा दैलेख घरभइ कार्कीबाडा बस्दै आएका हिमबहादुर रोकाया र उनकी श्रीमती निर्मला थापा रहेका छन् ।

सदरमुकाम खलंगा बजारमा मोवाइल पसल गरिरहेका उनीहरु बिहान कोठाबाट पसल जाँदै गर्दार् भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

निर्मलाको अनुहारमा र हिमबहादुरको टाउकोमा चोट लागेको र उनीहरुको कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जंगलबाट बजार छिरेको भालु अहिले पनि नियन्त्रणमा लिन नसकिएको र त्यसको खोजी कार्य भैरहेको डीएसपी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?