+

नेपालमा निःसन्तानको समस्या बढ्दो छ: डा. मीरा थापा

२०७८ भदौ  १६ गते १४:४४ २०७८ भदौ १६ गते १४:४४
नेपालमा निःसन्तानको समस्या बढ्दो छ: डा. मीरा थापा

निःसन्तानको समस्या अहिलेको जल्दोबल्दो समस्या हो । समयमा पौष्टिक आहार नखाने, जीवनशैलीमा ध्यान नदिने जस्ता कारणले गर्दा हिजोआज धेरैमा निःसन्तान सम्बन्धी समस्या देखिने गर्छ । पछिल्लो समय बढेको बुढेशकालमा विवाह गर्ने प्रचलनले पनि निःसन्तान बढाउने गरेको चिकित्सकहरु बताउँछन् ।

विश्वको तथ्यांकलाई हेर्ने हो भने महिला र पुरुषमा देखिने निःसन्तान सम्बन्धी समस्या १५ प्रतिशतसम्म देखिन्छ । यो नेपालमा झनै धेरै छ । यही प्रसंगमा निःसन्तान सम्बन्धी समस्या र त्यसको समाधानको विषयमा विशेषज्ञ डा. मीरा थापासँग गरिएको कुराकानी :

किन हुन्छ निःसन्तान ?

कुनैपनि प्रजनन् योग्य उमेरमा सन्तानोत्पादनका लागि नियमित शारीरिक सम्पर्क राख्दा पनि विभिन्न कारणले गर्भधारण हुन नसक्नुलाई निःसन्तान सम्बन्धी समस्या भनिन्छ । चिकित्सकहरुका अनुसार सन्तान हुने/नहुने विषय विवाहित दम्पतिको पेसा, जीवनशैली, स्वभाव, पारिवारिक वातारण आदिमा भर पर्छ ।

निःसन्तानको समस्या भोगेकाहरुबाट बच्चा नै हुँदैन र भइहाले पनि तुहिने, बिग्रिने जस्ता समस्याहरु निम्तिन्छन् । निःसन्तानको समस्या डिम्बवाहिनी नली बन्द हुनु, पुरुषको वीर्य उत्पादन क्षमता कम हुनु, डिम्ब उत्पादन गर्ने हर्माेनको मात्रामा कमी आउनु जस्ता कारणले निम्तिन्छ । निःसन्तान सम्बन्धी समस्या पुरुषको कारणले, महिलाको कारणले र दुवैको कारणले पनि हुने गर्छ ।

कस्तो छ नेपालमा निःसन्तान सम्बन्धी अवस्था ?

नेपालमा अहिले निःसन्तानको समस्या बढ्दो मात्रामा छ । नेपालमा अहिले महिला र पुरुष दुवैमा निःसन्तानको समस्या हुने दर २० प्रतिशत पुगेको छ । विश्वभरका कुल प्रजनन् योग्य जनसंख्याको १५ प्रतिशतमा निःसन्तान सम्बन्धी समस्या देखिन्छ ।

अहिले खानपानमा आएको परिवर्तन लगायतका कारणले गर्दा नेपालमा निःसन्तानको समस्या देखिने गर्छ । खाडी मुलुकमा काम गर्न जाने युवाहरुमा पनि यस्तो समस्या धेरै देखिन्छ । यसबाहेक पनि ढिला विवाह हुनु, करियर ओरिएन्टेड हुनु जस्ता कारणले पनि निः सन्तान गराउने सम्भावना धेरै हुन्छ ।

यसबाहेक पनि नेपालमा तरकारीमा हुने बढी रासायनिक मलको प्रयोग आदि कारणले पनि समस्या सिर्जना गराउँछ ।

अहिले नेपालमा महिलामा नि:सन्तान सम्बन्धी समस्या ४० प्रतिशतमा र पुरुषमा पनि ४० प्रतिशत नै बाँझोपनाको समस्या देखिने गरेको छ ।

निःसन्तान सम्बन्धी समस्या निको हुन्छ कि हुन्न ?

निःसन्तानको समस्या निको हुने समस्या हो । तर यो कुन स्तरमा छ ? भन्ने आधारमा यो तय हुन्छ । सामान्य अवस्थाको निःसन्तान सम्बन्धी समस्या छ भने त्यस्तो अवस्थामा काउन्सिलिङबाट पनि यसको समाधान खोज्न सकिन्छ । जटिल खालको निःसन्तान सम्बन्धी समस्यालाई भने वैकल्पिक उपाय अपनाउनुपर्ने हुन्छ ।

जस्तो अण्डा उत्पादनमा कमी आउनु, बढी उमेर, महिलाको  अण्डकोश र पुरुषको नलीमा हुने ट्युब ब्लक हुनु जस्ता समस्याले पनि निःसन्तानको समस्या देखिन्छ ।

जस्तो, ४० वर्षपछि औषधि दिएर निःसन्तानको समाधान सम्भव हुँदैन । कतिपय अवस्थामा हर्माेन साइलेन्स अवस्था भएर पनि निःसन्तान सम्बन्धी समस्या सिर्जना हुन्छ ।

नेपालमा टेस्ट ट्युब बेबी कति सफल छ ?

बाबुको शुक्रकिट र आमाको डिम्बलाई आमाको गर्भाशयभन्दा बाहिर प्रजननको लागि तयार पार्ने प्रविधि नै टेस्ट ट्युब बेबी हो । यस्तो प्रक्रियालाई अँग्रेजीमा इन् भिट्रो फर्टिलाइजेसन भनिन्छ । आमाको डिम्ब र बाबुको शुक्रकिटलाई ल्याबमा निकालिने भएकोले यसलाई टेस्ट ट्युब बेबी भनिएको हो ।

यो प्रविधिमा सबै अभ्यास सफल हुन्छ नै भन्ने हुँदन । कतिपय विकसित मुलुकहरुमा टेस्ट ट्युब बेबीको सफलता दर ७० प्रतिशतसम्म छ । तर नेपालमा भने अहिलेको अवस्थामा यसको दर ३५–५० प्रतिशत मात्रै सफलताको दर देखिन्छ । टेस्ट ट्युब बेबी धेरै जोखिमपूर्ण हुँदैन । नेपालमा एउटा टेस्ट ट्युब बेबीको मूल्य ३ लाखदेखि साढे ३ लाख रुपैयाँसम्म लाग्ने गर्छ ।

निःसन्तान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?