+

बंगलादेशविरुद्ध न्युजिल्याण्ड ६० रनमै अलआउट

२०७८ भदौ  १६ गते १७:३३ २०७८ भदौ १६ गते १७:३३
बंगलादेशविरुद्ध न्युजिल्याण्ड ६० रनमै अलआउट

१६ भदौ, काठमाडौं । बंगलादेशविरुद्धको पहिलो टी-२० खेलमा न्युजिल्याण्ड ६० रनमै अलआउट भएको छ । बुधबार ढाकामा सुरु भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले १६.५ ओभरमा सबै विकेट गुमाएर ६० रन मात्र बनाउन सक्यो ।

न्युजिल्याण्डका लागि कप्तान तथा विकेटकिपर टम लाथम र हेनरी निकोल्सले समान १८ रन बनाउनुबाहेक बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । उसका दुई खेलाडी खाता नखोली आउट भए ।

बलिङमा बंगलादेशका मुस्ताफिजुर रहमानले ३ तथा नासुम अहमद, सकिब अल हसन र मोहम्मद सइफुदिनले २-२ विकेट लिए भने मेहदी हसनले १ विकेट लिए ।

बंगलादेश भ्रमणमा रहेको न्युजिल्याण्डले ५ टी-२० खेल खेल्ने तालिका छ ।

क्रिकेट खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय