१६ भदौ, काठमाडौं । बंगलादेशविरुद्धको पहिलो टी-२० खेलमा न्युजिल्याण्ड ६० रनमै अलआउट भएको छ । बुधबार ढाकामा सुरु भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले १६.५ ओभरमा सबै विकेट गुमाएर ६० रन मात्र बनाउन सक्यो ।
न्युजिल्याण्डका लागि कप्तान तथा विकेटकिपर टम लाथम र हेनरी निकोल्सले समान १८ रन बनाउनुबाहेक बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । उसका दुई खेलाडी खाता नखोली आउट भए ।
बलिङमा बंगलादेशका मुस्ताफिजुर रहमानले ३ तथा नासुम अहमद, सकिब अल हसन र मोहम्मद सइफुदिनले २-२ विकेट लिए भने मेहदी हसनले १ विकेट लिए ।
बंगलादेश भ्रमणमा रहेको न्युजिल्याण्डले ५ टी-२० खेल खेल्ने तालिका छ ।
प्रतिक्रिया 4