+
+

लुम्बिनी विकास बैंकको संस्थापक शेयर लिलामीमा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते ११:४१

१७ भदौ, काठमाडौं । लुम्बिनी विकास बैंकको संस्थापक शेयर लिलामीमा खुला भएको छ । बैंकका एक स.स्थापकले शेयर बिक्री गर्न चाहेपछि पहिलो पटक संस्थापकहरुका लागि शेयर लिलामीमा खुला भएको हो ।

हाल कायम संस्थापक शेयरधनीहरुले लिलामीमा सहभागीता जनाउन सक्नेछन् । पहिलो चरणमा संस्थापकहरुले खरिद नगरेको वा पर्याप्त आवेदन नपरेको खण्डमा भने सर्वसाधारणहरुका लागि लिलामीमा खुला हुनेछ ।

बैंकका अनुसार ४ लाख ९५ हजार ८८६ कित्ता संस्थापक शेयर विक्री गरिदैछ । हाल कायम शेयरधनीहरुले आफूले हाल्न सक्ने मूल्य खुलाएर लिलामीमा सहभागी हुनुपर्नेछ । यसका लागि बैंकले ३५ दिनको समयसीमा तोकिदिएको छ ।

लिलामीमा सहभागी हुन चाहनेहहरुले बिहीबारदेखि ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय डिल्लीबजार काठमाडौंमा लिखित निवेदन पेश गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?