+
+

फोटो वा पीडीएफलाई कसरी वर्ड फाइलमा बदल्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १४:३२

१४ भदौ, काठमाडौं । कुनै कुनै स्क्यान गरिएको डकुमेन्ट, पीडीएफ, जीआईएफ वा पीएनजी फाइलहरु आफैंले इडिट गर्न सकिँदैन । यद्यपि गुगल ड्राइभ वा अप्टिकल क्यारेक्टर रिकग्निसन (ओसीआर) सपोर्ट गर्ने सफ्टवेयरको माध्यमबाट भने यस्ता फाइललाई सहजै वर्ड फाइल बनाउन सकिन्छ । त्यसपछि तपाईंले उक्त फाइललाई मज्जाले इडिट गर्न सक्नुहुन्छ ।

यहाँ गुगल ड्राइभको प्रयोग गरेर फोटो वा पीडीएफ फाइललाई वर्डफाइल बनाउने तरिका उल्लेख गरिएको छ :

१. गुगल ड्राइभ खोल्न http://www.drive.google.com मा जानुहोस् । तपाईंको इमेल यसअघि नै साइन इन छैन भने तपाईंले साइन इन गर्नुपर्ने हुन्छ । तपाईंलाई यो सेवा प्रयोग गर्न गुगल एकाउन्ट आवश्यक हुन्छ ।

२. गुगल ड्राइभ खोलेपछि दायाँसाइडमा रहेको ‘Settings’ आइकनमा थिच्नुहोस् र त्यसपछि आउने Setting भन्ने अप्सनमा जानुहोस् ।

३. त्यसपछि आउने अप्सनमध्ये ‘Convert Uploads’ भन्ने अप्सनमा जानुहोस् । यहाँ फाइलहरुलाई गुगल डक्समा खोल्ने सुविधा हुन्छ, यसलाई अन गर्नुपर्ने हुन्छ ।

४. त्यसपछि दायाँ साइडको माथिल्लो भागमा रहेको ‘Done’ भन्ने अप्सनमा थिच्नुहोस् ।

५. अब होम पेजमा आउनुहोस् । यहाँ सर्चबार भन्दा मुनि रहेको ‘My Drive’ भन्ने अप्सनमा थिच्नुहोस् ।

६. ‘Upload file’ भन्ने अप्सनमा जानुहोस् ।

७. अब आफूलाई आवश्यक फाइल छान्नुहोस् र ‘Open’ गर्नुहोस् ।

८. यो फाइल तपाईंको गुगल ड्राइभमा आएर बस्छ । अब गुगल ड्राइभबाट उक्त फाइल छानेर त्यसमा राइट क्लिक गर्नुहोस् ।

९. यसमा आउने विभिन्न अप्सनमध्ये ‘Open With’ मा क्लिक गर्नुहोस् । अब गुगल डक्समा तपाईंको फाइल खुल्दछ, जहाँ तपाईंले सो फाइल इडिट गर्न सक्नुहुन्छ ।

निःशुल्क अनलाइन ओसीआर प्रयोग गरेर कन्भर्ट गर्ने तरिका

फोटो वा पीडीएफ फाइललाई अनलाइनबाट वर्ड फाइलमा कन्भर्ट गर्नका लागि विभिन्न टुल तथा वेबसाइटहरु उपलब्ध छन् । त्यसमध्ये एउटा भरपर्दो सजिलो तरिका अनलाइन ओसीआरको प्रयोग गर्नु पनि हो जुन निःशुल्क पाइन्छ । त्यसका लागि,

१. ब्राउजरमा https://www.onlineocr.net/  लगअन गर्नुहोस् । यो निःशुल्क अनलाइन ओसीआर सेवा दिने वेबसाइट हो । यसले हाम्रो फाइललाई इडिट गर्न सकिने वर्ड डकुमेन्ट, एक्सएलएसएक्स वा टीएक्सटी फाइलमा परिवर्तन गर्न सक्छ ।

२. वेबसाइट खुलेपछि तपाईंले ‘Select File’ भन्ने अप्सन देख्नुहुन्छ । त्यसमा क्लिक गर्नुहोस् । त्यसपछि तपाईंले आफ्नो कम्प्युटर वा ल्यापटपमा रहेको फाइल छान्न सक्नुहुन्छ । फाइल छानेपछि त्यसलाई ओपन गर्नुहोस् ।

३. अब तपाईंले साइडमा रहेको भाषा र फम्र्याटको अप्सनमा गएर आफूलाई चाहिएको भाषा वा फर्म्याट मिलाउन सक्नुहुन्छ ।

४. अब ‘Convert’ भन्ने बटममा थिच्नुहोस् । त्योसँगै तपाईंको डकुमेन्ट वर्ड फाइलमा परिवर्तन हुन्छ ।

५. अब ‘Download output file’ भन्ने अप्सनमा जानुहोस् । तपाईंले पीडीएफ वा पिक्चर फर्म्याटमा रहेको आफ्नो पुरानो डकुमेन्ट वर्ड फाइलमा प्राप्त गर्न सक्नुहुनेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?