+
+

ओलीको टिप्पणी : माधव नेपाल शरम पचेको मान्छे

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १९ गते १६:०१

१९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर नयाँ पार्टी गठन गरेका माधवकुमार नेपाललाई लाज शरम पचेको मान्छे भनी टिप्पणी गरेका छन् ।

शनिबार एमालेको काठमाडौं महानगरपालिका स्तरीय समितिले गरेको कार्यक्रममा उनले माधव नेपालले आफूले पूजा गरेको मन्दिरमा अहिले थुकेको टिप्पणी गरे ।

‘देशको विकासको अभियान चलाइरहेको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने अनि क्रान्तिका कुरा गर्ने ?’ ओलीले भने, ‘मैले यति साह्रो लाज शरम पचेको मान्छे, माधव नेपालजस्तो मान्छे जिन्दगीमा कहिँ पनि देखेको छैन । नेपाल मात्र होइन, दुनियाँको धेरै देशमा पुगेँ, माधव नेपालजस्तो शरम पचेको मान्छे …।’

नेकपा एमाले छाडेर हालै एकीकृत समाजवादी पार्टी गठन गरेपछि ओलीले आक्रोश पोखेका हुन् ।

माधव नेपालले आफू बसेको खाटमा आफैं बञ्चरो हानेको ओलीले टिप्पणी गरे । ‘अस्तिसम्म जुन खाटमा बसिराखेका थिए, त्यही खाटमा वञ्चरोले हान्या हान्यैं छन् । अस्तिसम्म जुन पिर्का बसेका थिए, त्यही पिर्का भाँचेको भाच्यै छन् । अस्तिसम्म जुन मन्दिरमा पूजा गरेका थिए, त्यो मन्दिरमा थुक्या थुक्यै छन्’ उनले भने ।

ओलीले माधव नेपालको पार्टीमा अन्तिममा माधव नेपाल मात्र बाँकी रहने टिप्पणी गरे । ‘माधव नेपाल पार्टी अन्तिममा पनि माधव नेपाल नै हुने हो’ उनले ब्यंग्यात्मक शैलीमा भने, ‘त्यो एकीकृत नै रहन्छ । माधव नेपाल एकीकृत नै रहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?