+
+

केपी ओली मदन भण्डारीका असली उत्तराधिकारी : सत्यनारायण मण्डल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते २०:०२
फाइल तस्वीर

२० भदौ, सप्तरी । नेकपा एमालेका प्रदेश २ इन्चार्ज सत्यनारायण मण्डलले जननेता मदन भण्डारीका असली उत्तराधिकारी केपी शर्मा ओली भएको बताएका छन् ।

गृहजिल्ला सप्तरीमा आइतबार आयोजित एमाले जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मण्डलले पार्टी अध्यक्ष ओलीको प्रशंसा गर्दै उनी नै मदन भण्डारीको असली उत्तराधिकारी भएको जिकिर गरे ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पहिलो पटक भारतसँगको सीमा सम्बन्धी कुरा उठाएको उनले बताए । ‘संसदबाट चुच्चे नक्सा सर्वसम्मतिले पारित गराउने उहाँ नै हो,’ मण्डलले भने, ‘यसअघि कुन माइकालाल प्रधानमन्त्रीले यस्तो कुरा उठाएका थिए ?’

एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी गठन गरेका माधवकुमार नेपाललाई मण्डलले अपराधी र गद्दारको संज्ञा दिए ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले प्रधानमन्त्री नियुक्त गर्ने आदेश दिएर अदालतले आफ्नो कार्यक्षेत्रको दुरुपयोग गरेको आरोप लगाए । ‘संसारमा कतै पनि अदालतले प्रधानमन्त्री तोकेको छैन,’ उनले भने, ‘नेपालमा अदालतको दुरुपयोग गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?