+
+

गिनीमा सैन्य ‘कु’, राष्ट्रपति पक्राउ, सरकार विघटन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १८:३४

२१ भदौ, काठमाडौं । गिनीको विशेष सैन्य बलले ‘कू’ गर्दै सत्ता आफ्नो हातमा लिएको छ । सेनाले राष्ट्रपति अल्फा कोन्डेलाई पक्राउ गर्दै मुलुकको राजनीतिक अवस्थामा सुधार गर्ने दाबी गरेको छ ।

पश्चिमी अफ्रिकामा रहेको गिनीमा ‘कू’ गरेसँगै सेनाले सरकारका सबै मन्त्रीलाई छलफलका लागि बोलाउने बताएको छ । अब अनिश्चितकालका लागि कफ्र्यु घोषणा गरिएको छ ।

गिनीको सेनाले आफूले बोलाएको बैठकमा नआउने सबैलाई विद्रोहीको रुपमा हेर्ने चेतावनीसमेत दिएको छ । यसअघि आइतबार राष्ट्रपति कोन्डेप्रति बफादार रहेका सैनिक र विशेष सैन्यबलबीच दोहोरो फयरिङ्ग चलेको थियो । राजधानी सहर कोनाक्रिमा चलेको यो फयरिङ्गपछि गिनीको विशेष सैन्य बलले राष्ट्रपतिलाई पक्राउ गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेको एउटा भिडियोमा राष्ट्रपति कोन्डे सोफामा बसिरहेको देखिन्छ भने उनलाई सेनाहरुले घेरेका छन् । ८३ वर्षीय कोन्डेलाई एक सैनिकले तपाईँसँग कुनै दुव्र्यवहार भएको छ कि भनेर प्रश्न गर्छन् । उनले छैन भन्ने जवाफ फर्काउँछन् ।

एक करोड ३० लाख जनसंख्या रहेको गिनी खानी तथा स्रोतको हिसाबमा सम्पन्न भए पनि विश्वको सबैभन्दा गरीब मुलुकमध्येको एक हो । लामो समयदेखि यो मुलुक राजनीतिक अस्थिरतामा फस्दै आएको छ ।

गिनीको कोनाक्रीमा रहेका एक पश्चिमी मुलुकका कूटनीतिक अधिकारीले अहिलेको अवस्था विशेष सैन्य बलका वरिष्ठ कमाण्डरलाई बर्खास्त गरेपछि आउको बताएका छन् । गिनीको विशेष सैन्य बलका प्रमुख लेफ्टीनेन्ट कर्नेल मामाडी डोउमबोउयाले सार्वजनिक टेलिभिजनमार्फत सरकार राम्रोसँग सञ्चालन हुन नसकेको कारण ‘कू’को अवस्था आएको बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?