काठमाडौं । इसेवामार्फत नेपाल लाइफ इन्स्योरेन्स्को बिमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ ।
बिमितहरूले इसेवाबाट बिमा शुल्क भुक्तानी गर्दा बिमा शुल्कको ०.३५ प्रतिशतदेखि एक हजार रुपैयाँसम्मको आकर्षक क्यासब्याक पाउनेछन् ।
यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने छ । कात्तिक मसान्तसम्म सञ्चालन हुने यो योजनामा नेपाल लाइफको बिमा शुल्क भुक्तानी गर्ने जो कोही पनि सहभागी हुन सकिने इसेवाले जनाएको छ । आइफोन विजेता गोलाप्रथा माध्यमबाट छानिनेछ । आफ्नो बिमा शुल्क भुक्तानी गर्नुपर्ने मितिको एक हप्ताभित्र शुल्क भुक्तानी गर्नुपर्नेछ ।
इसेवाले अनलाइन मार्फत बीमा शुल्क बुझाउन प्रोत्साहन गर्नका लागि विभिन्न योजनाहरु सञ्चाजन गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4