+
+

पर्साको लंगडीमा युवक मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १९:२६
प्रतीकात्मक तस्वीर

२१ भदौ, वीरगञ्‍ज । पर्साको धोबिनी गाउँपालिका-४ लंगडी चोकस्थित घरको छानामा एक युवक मृत फेला परेका छन् । चोकस्थित जस्तापाताले छाएको छानामा अन्दाजी २२-२३ वर्षका युवकको शव भेटिएको प्रहरीले जनाएको छ ।

मनि ट्रान्सफर रहेको घरमा भेटिएका मृतकको पहिचान खुल्न सकेको छैन । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

भदौ १७ गते बिहीबार राति लंगडीमै एनआइसी एसिया बैंकको उप-शाखामा चोरी भएको थियो । त्यही बैंक नजिकको घरको छानामा आइतबार बेलुकी युवकको शव फेला परेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

युवक बिहीबार राति एनआईसी एसिया बैंकमा भएको चोरी गर्ने समूहकै भएको प्रहरीले जनाएको छ । बैंकमा चोरी गर्ने समूहले नै मनी ट्रान्सफरमा समेत चोर्न खोजेको र जस्तापाता निकालेर  भित्र छिर्न खोज्दा नाङ्गो तारमा छोएर करेन्ट लागेर युवकको मृत्यु भएको प्रहरीको तर्क छ ।

शव सडेर गन्हाएको र सीसीटीभी फुटेजमा देखिएका मानिसले जस्तो कपडा लगाएकोले पनि घटना तीन दिन पहिलेकै (बिहीबार रातिकै) भएको अनुमान लगाइएको प्रहरीले जनाएको छ ।

घटनास्थलको प्रकृति हेर्दा ती युवक मनि ट्रान्सफरको कार्यालयमा चोरी गर्न गएको र करेन्ट लागेर उनको मृत्यु भएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए । दुवै घटनालाई जोडेर अनुसन्धान थालेको प्रहरी उपरीक्षक पाण्डेले बताए । ‘भारत र नेपाल दुवै देशका मानिस संलग्न देखिन्छ ।’ उनले भने,‘ छिट्टै अपराधीको पहिचान खुल्छ ।’

गत बिहीबार राति लंगडीमै रहेको एनआईसी एशिया बैंकको शाखा कार्यालयमा बैंकको मूल गेटको सटर फोडेर भित्र चाेरी गर्नेहरु पसेका थिए ।

बैंकमा जडान गरिएको सिसिटिभी क्यामेरामा कैद भएको भिडियो अनुसार रेनकोट लगाएर आएका दुई जनाले ठूलो अक्सिजन सिलण्डरसहितको वेल्डिङ मेसिनले सटर काटेर भित्र पसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?