+
+

बीपी प्रतिष्ठानका आन्दोलनरत चिकित्सकले प्राङ्गणबाटै शुरु गरे ओपीडी सेवा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १२:२३

२२ भदौ, धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुधारको माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिले  प्राङ्गणबाटै ओपीडी सेवा शुरु गरेको छ ।

सेवा बन्द गर्दा बिरामीले दु:ख पाएकाले उनीहरुका लागि प्राङ्गणबाट उपचार सेवा दिन थालेको संघर्ष समितिका संयोजक डा. एसपी रिमालले बताए ।

प्रतिष्ठानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले तयार पारेको स्थलगत प्रतिवदेन अनुसार काम कारबाही नभएको भन्दै आकस्मिक सेवा, कोभिड र पूर्वनिर्धारित परीक्षा बाहेक अन्य सेवा आइतबार र सोमबार बन्द गरेका थिए ।

कार्यदलले स्थलगत अध्ययनका क्रममा प्रतिष्ठानको आम्दानी घट्दै गएको, शैक्षिक स्तर क्रमश खस्कँदै गएको, प्रतिष्ठानमा आर्थिक अनियमितता बढ्दै गएको, प्राज्ञिक क्षेत्र तथा कर्मचारीको वृत्ति विकास रोकिएको स्वायत्तता हस्तक्षेप हुन थालेको, पदाधिकारीबीच असमझदारी बढेको लगायतको समस्या देखिएको उल्लेख गरेको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा गठित वार्ता टोलीले समेत सोही प्रतिवेदनका आधारमा पदाधिकारी बर्खास्त गर्ने लगायत ६ बुँदे सहमति गरेको थियो। सहमति भएको एक महीनाभन्दा बढी बितिसक्दा पनि कार्यन्वयन नभएपछि संघर्ष समितिले सेवा बन्द गरेको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरणको माग गर्दै संयुक्त संघर्ष समिति बिगत ८५ दिन देखि आन्दोलन गर्दै आएका छन् । समितिमा प्रतिष्ठानका सम्पूर्ण पेशागत हकहितका संगठनहरु फ्याकल्टी (मेडिकल, डेन्टल, नर्सिङ, नन मेडिकल) कर्मचारी, आवासीय चिकित्सक र विद्यार्थी सहभागी छन् ।

सरकारले आफूहरुको माग तत्काल कार्यान्वयन नगरे थप कडा कदम चाल्न बाध्य हुने समितिले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?