+
+

प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास रोक्ने आदेश विरुद्धको भ्याकेट दरपीठ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १९:०७

२२ भदौ, काठमाडौं । प्रधानन्यायाधीश विना संवैधानिक इजलासको सुनुवाइ रोक्न न्यायाधीश हरि फुयाँलको इजलासले दिएको अन्तरिम आदेशविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको भ्याकेट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।

न्यायाधीश फुयाँलको इजलासले भदौ १७ गते अधिवक्ता डा. गणेश रेग्मीको रिट निवेदनमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश विना संवैधानिक इजलास नबस्न अन्तरिम आदेश दिएको थियो ।

उक्त अन्तरिम आदेशविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीको भ्याकेट सर्वोच्चका सहरजिस्ट्रार बाबुराम दाहालले दरपीठ गरिदिएका हुन् ।

सहरजिस्ट्रार दाहालले अन्तरिम आदेश जारी भएको रिटको सुनुवाइ र कारबाहीमा त्रिपाठी संलग्न हुन इजलासबाट अनुमति प्रदान भएको नदेखिएको भन्दै उनको भ्याकेट दरपीठ गरिदिएको हो ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले दरपीठ आदेशविरुद्ध रिट निवेदन लिएर सर्वोच्च जाने बताए ।

हेर्नुहोस् दरपीठ आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?